टेकु अस्पतालमा अन्य सेवा बन्द, कोभिडको मात्र उपचार हुने
गोरखापत्र अनलाइन
चैत्र ३१, २०७७ मंगलवार
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आज (मंगलबार) देखि कोभिड उपचार सेवामात्र दिने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । योसँगै टेकु अस्पतामा अन्य उपचार बन्द हुने उहाँले बताउनुभयो । तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने यथावत् रहने...