काेराेनाबाट १३ जनाकाे मृत्यु, ४९६ नयाँ सङ्क्रमित पहिचान
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७७ सोमबार
नेपालमा कोरोना भाइरसका ५५९ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५९जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।