काेराेनाका २६० सङ्क्रमित थपिए, ११३ निको भए
गोरखापत्र अनलाइन
चैत्र २४, २०७७ मंगलवार
नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।