काठमाडौँ, चैत २४ गते । प्रतिनिधि सभामा सोमबार विशेष समय लिएर सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनी दिनुभयो । उहाँले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न सक्ने देखिएको बताउनुभयो ।
सङ्क्रमण पछिल्लो दिनमा बढिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रहसमेत गर्नुभयो । छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढिरहेको भन्दै उहाँले सचेत रहन सबैलाई आग्रहसमेत गर्नुभयो । कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश सदनमा पेस नभएको भन्दै उहाँले असन्तुष्टिसमेत जनाउनुभयो । मापदण्ड पालना गर्नुपर्नेबाटै उल्लङ्घन भएको पनि उहाँको भनाइ छ । लकडाउनमा जाने अवस्थामा नपु-याउन पनि उहाँले आग्रह गर्नुभयो । सदनमा जवाफका क्रममा उहाँले भन्नुभयो, ‘‘लकडाउनले समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने रहेछ । अर्थतन्त्र र सामाजिक जीवनमा पारेको प्रभाव यसअघिकै आउन बाँकी छ ।