चार हजार ३९१ परीक्षणमा ८९ सङ्क्रमण पुष्टि, ४२ निकाे, एक मृत्यु
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७७ सोमबार
नेपालमा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको जनाउनुभयाे ।
पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म...