सङ्क्रमण घटेसँगै मास्क प्रयोगमा कमी
यलु जोशी
माघ २१, २०७७ बुधबार
कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ ।
कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ ।
सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने...