कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण
इश्वरचन्द्र झा
माघ २२, २०७७ बिहीबार
नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ ।
कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शिर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तगर्त ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ ।
कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन्...