दुई हजार ७९५ परीक्षणमा ९९ सङ्क्रमित थपिए, २४८ निको, शून्य मृत्यु
गोरखापत्र अनलाइन
माघ २४, २०७७ शनिबार
नेपालमा कोरोनाभाइरसका ९९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २४८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ ।
जसमध्ये दुई लाख ६७ हजार ८१२ जना सङ्क्रमित निको भएका छन् । हाल एक हजार ९५९ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा...