भ्रममा नपराैं, कोभिशिल्ड सुरक्षित छ, सेलिब्रिटीले लगाएर प्राेत्साहित गरौं
गोरखापत्र अनलाइन
माघ १५, २०७७ बिहीबार
लामो प्रतीक्षापछि कोभिड–१९ को खोप अभियान नेपालमा हिजोबाट सुरु भएको छ । कोभिडविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने चिकित्सक, नर्स, सरसफाइकर्मी, एम्बुलेन्स चालकसहित स्वास्थ्यकर्मी र कोभिड सङ्क्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनमा परिचालित ब्यक्तिहरुलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको छ ।
कोरोना विरुद्धको खोप उपलब्ध भएपछि कतिपयले सरकारको तत्परता र अग्रसरतालाई लिएर उत्साहित देखिएका छन् भने कतिपय खोप...