सबै प्रदेशमा खोप पु-याइयाे, भोलिदेखि लगाउन शुरू, दश दिन लाग्ने
गोरखापत्र अनलाइन
माघ १३, २०७७ मंगलवार
कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुनेछ ।
काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र...