नेपालसहित छ राष्ट्रलाई तात्काल अनुदानमा खोप दिने भारतको घोषणा
गोरखापत्र अनलाइन
माघ ६, २०७७ मंगलवार
भारत सरकारले भोलीदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ । विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तात्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो ।
भारतको विदेश मन्त्रालयले कोभिड विरुद्धको खोप पाउने छ राष्ट्रमा भुटान, मल्दिभ्स, बङ्गलादेश, नेपाल,...