खोप ल्याउन सरकार तयार अवस्थामा, कर्मचारी समेत खटाइयो
गोरखापत्र अनलाइन
मंसिर १९, २०७७ शुक्रबार
विश्वमा खोप उत्पादनको चर्चा जति धेरै छ । त्यतिनै नेपाल सरकारले समेत खोप आएसँगै कसरी भण्डारण गर्ने, कसकसलाई लगाउने र कसरी लगाउने भन्ने बारेमा तयारी थालेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा नेपाल सरकारले सम्बन्धित मन्त्रालय मार्फत कर्मचारी खटाइसकेको छ ।
अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले...