एक हजार २१७ जना सङ्क्रमित थपिए, कुल संख्या दुई लाख ४५ हजार ६५०
गोरखापत्र अनलाइन
मंसिर २५, २०७७ बिहीबार
पछिल्लो २४ घण्टामा एक हजार २१७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित भएकाे जनाएका हुन् ।
पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६४ जना सङ्क्रमित निको भएका छन् ।
हालसम्म दुई लाख ३१ हजार ६०१ जना सङ्क्रमित निको भइसकेका छन्...