सार्वजनिक सेवा लिनका लागि स्वास्थ्य बिमा गर्नुपर्ने
गोरखापत्र अनलाइन
फाल्गुन २, २०७८ सोमबार
अछामको साँफेबगर नगरपालिकाले सार्वजनिक सेवा लिनका लागि स्वास्थ्य बिमा गर्नै पर्ने निर्णय गरेको छ ।
नगरपालिकाले फागुन १ गते विज्ञप्ति निकाल्दै माघ २७ गते बसेको नवौ कार्यपालिका बैठकले नगरवासी, जनप्रतिनिधि र कर्मचारीलाई सार्वजनिक सेवा लिन स्वास्थ्य बिमा गर्नैपर्ने निर्णय गरेको जानकारी दिएको छ ।