पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, भोलि सार्वजनिक गर्ने
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिनुभयो ।