logo
२०८१ मंसिर ९ आईतवार



विश्वभर दुई करोड ४० लाख सङ्क्रमित, आठ लाख २३ हजारको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


विश्वभर दुई करोड ४० लाख सङ्क्रमित, आठ लाख २३ हजारको मृत्यु
तस्विर-फाइल


पेरिस, भदौ १० गते । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म दुई करोड ४० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमणबाट विश्वभर आठ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो चौबीस घण्टामा दुई लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट सङ्क्रमित भएको पाइएको छ । कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसियालगायत रहेका छन् ।
कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक असर परेका १५ मुलुक

क्र.सं. देश   सङ्क्रमित    निको भएका     मृत्यु भएका

१ अमेरिका ५९,५५,७२८    ३२,५४,२८२      १,८२,४०४
२ ब्राजिल   ३६,७४,१७६    १८,४८,३९५      १,१६,६६६
३ मेक्सिको ५,६८,६२१      ३,९३,०००           ६१,४५०
४ भारत    ३२,३५,०००     २४,६८,०००         ५९,६३२
५ बेलायत   ३,२७,०००      –                   ४१,४४९
६ इटाली    २,६१,०००      २,०६,०००           ३५,४४५
७ फ्रान्स   २,४८,०००         ८५,५२४           ३०,५४४
८ स्पेन     ४,२३,०००         –                   २८,९२४
९ पेरु      ६,०७,०००       ४,१४,०००            २८,०००
१० इरान    ३,६३,०००       ३,१३,०००            २०,९०१
११ कोलम्बिया ५,६२,०००    ३,९५,०००            १७,८८९
१२ रसिया    ९,६६,०००     ७,७९,०००            १६,५६८
१३ दक्षिण अफ्रिका ६,१३,००० ५,२०,०००          १३,३०८
१४ चिली      ४,००,०००      ३,७४,०००           १०,९५८
१५ बेल्जियम  ८२,४४७          १८,२९१             ९,९९६

विश्वभर        २,४०,६३,०००   १,६६,१३,२२५     ८,२३,५६०

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?