छ वर्षमा २० प्रतिशत आबद्ध, नवीकरण गर्ने ७० प्रतिशत
सिर्जना खत्री
चैत्र २५, २०७८ शुक्रबार
जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा छ वर्षमा २०.३ प्रतिशत आबद्ध भएका छन् । बीमा कार्यक्रम सुरु भएदेखि हासम्म २०.३ प्रतिशत अर्थात् ५३ लखा चार हजार २७० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको जनाएको हो ।
सरकार यो आर्थिक वर्षभित्र ५० प्रतिशत जनसङ्ख्यालाई बीमा कार्यक्रममा समेट्ने लक्ष्य लिएको थियो । तर, गत असारमा कोरोनाभाइरसको सङ्क्रमणले बीमा कार्यक्रम प्रभावित भएपछि सो लक्ष्य पूरा हुन नसकेको बोर्डका कार्यकारी...