जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सरोज ढुङ्गेल
चैत्र २२, २०७८ मंगलवार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो ।