भारतबाट फर्किएका सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
भारतबाट फर्किएका सुदूरपश्चिमका चारजना व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
त्रिनगर–गौरीफन्टा भन्सार नाका भएर फर्किएका व्यक्तिहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २९ वर्षीय पुरुष, दोधारा चाँदनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको छ ।