काेभिड खोपका कारण मातृ स्वास्थ्यमा असर हुँदैन : स्वास्थ्य मन्त्रालय
गोरखापत्र अनलाइन
पुष २६, २०७८ सोमबार
सरकारले कोभिड १९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत भएको जानकारी दिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोरोनाविरुद्धको खोपका कारण बच्चा समय नपुगी जन्मन सक्ने तथा कम तौलको जन्मिने भने कुरा गलत भएको जानकारी दिएको हो ।