तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन
गोरखापत्र अनलाइन
चैत्र १४, २०७८ सोमबार
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताउनुभएको छ । उहाँले सो धारणा सार्वजनिक गर्नुहुँदै उक्त कदम तेश्रो पक्षले मान्नुपर्ने र जनमत संग्रहमार्फत् अनुमोदन आवश्यतामा जोड दिनुभयो । ‘सुरक्षा र तटस्थता, गैरआणविक क्षेत्रको रुपमा हाम्रो सम्प्रभुता– हामी त्यसमा केन्द्रीत हुन चाहन्छौँ, यो सबैभन्दा मुख्य कुरा हो ।’