logo
२०८१ जेष्ठ ५ शनिवार



तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन

अन्तर्राष्ट्रिय |


तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन


काठमाडौं, चैत १४ गते । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताउनुभएको छ । उहाँले सो धारणा सार्वजनिक गर्नुहुँदै उक्त कदम तेस्राे पक्षले मान्नुपर्ने र जनमत सङ्ग्रहमार्फत अनुमोदन आवश्यतामा जोड दिनुभयो ।

‘सुरक्षा र तटस्थता, गैरआणविक क्षेत्रको रुपमा हाम्रो सम्प्रभुता– हामी त्यसमा केन्द्रित हुन चाहन्छौँ, यो सबैभन्दा मुख्य कुरा हो ।’ राष्ट्रपति जेलेन्स्कीले रुसी पत्रकारहरुलाई भिडियो अन्तर्वार्ता दिँदै सो धारणा राख्नुभएको हो ।

मस्कोले सो भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि स्थानीय मिडियाले बाहिर ल्याएको हो ।

रुसी सैन्य हमलामा चेचेन्यामा भएको क्षतिभन्दा बढी रुसीभाषी युक्रेनी शहरहरुमा सबैभन्दा बढी क्षति भएको उहाँले सो भिडियोमा भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?