गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी
रासस / एएनआई
चैत्र ११, २०७८ शुक्रबार
विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ । खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उहाँले बताउनुभयो ।