logo
२०८१ जेष्ठ ५ शनिवार



पहिलो चरणको सैन्य हमला समाप्त, डाेनबास स्वतन्त्र गर्न केन्द्रीत हुँदै रूसी सेना

अन्तर्राष्ट्रिय |


पहिलो चरणको सैन्य हमला समाप्त, डाेनबास स्वतन्त्र गर्न केन्द्रीत हुँदै रूसी सेना


काठमाडौं, चैत १२ गते । रुसी सेनाले युक्रेनमाथिको पहिलो चरणको सैन्य हमला समाप्त भएको बताएको छ ।
रुसको ध्यान पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई स्वतन्त्रता दिने विषयमा केन्द्रित हुनेछ ।

करिब एकमहिना लामो सैन्य संघर्षपछि राजधानी किभ कब्जा प्रयास असफल भएपछि यस्तो धारणा सार्वजनिक भएको पश्चिमी शक्ति राष्ट्रहरुले अनुमान गरेका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसी सेनालाई राजधानी वरपरलगायतका क्षेत्रमा भीषण प्रतिरोध गरेपछि रुसले आफ्नौ सैन्य रणनीति परिवर्तन गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीले रुस–युक्रेन युद्धमा करिब १६ हजार रुसी सेनाको ज्यान गएको दाबी गर्नुभएको छ ।

उता, रुसले भने करिब १३ सय ५१ जना रुसी सेनाले युक्रेन युद्धमा शहादत प्राप्त गरेको स्वीकार गरेको छ ।
रुसी सेनाको भारी मात्रामा नोक्सान भए पनि रुससँग शान्तिवार्ता आवश्यकतामा उहाँले जोड दिनुभएको छ ।

यस्तै, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पश्चिमी शक्ति राष्ट्रका कारण रुसी संस्कृति लोप हुने खतरा बढेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार एक महिने संघर्षमा करिब एकहजार ८१ जना गैरसैनिक नागरिकको ज्यान गएको छ ।
रुसले एकहजार २५० वटा क्षेप्यास्त्र युक्रेनका विभिन्न शहरमा हमला गरेको छ ।

यस्तै, लामो समयसम्म घेराबन्दी गरेर हमलामा परेको म्यारियोपोलमा गतहप्ता भीषण आक्रमणमा परेर करिब तीनसय जनाको हताहती भएको थियो । – सीएनएन, बीबीसी र अलजजिराका अनुसार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?