रुसमा १९ हजार सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
भाद्र १३, २०७८ आईतवार
रुसमा गएको चौबीस घण्टामा १९ हजार २८६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । अघिल्लो दिन १९ हजार ५०९ जना सङ्क्रमितको पुष्टि भएको थियाृ ।
रुसको संघीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै रुसमा कोरोनाका कुल सङ्क्रमितको संख्या ६८ लाख ८२ हजार ८२७ पुगेको छ । रुसको ८५ क्षेत्रमा गरिएको परीक्षणमा एक हजार ३२४ जना लक्ष्णबिहीन सङ्क्रमित पुष्टि भएको जनाएको छ ।
सबैभन्दा बढी राजधानी शहर मस्कोमा एक हजार ४४४ जना, सेन्ट पिटर्सवर्गमा...