गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । गत् बिहीबार काबुल विमानस्थलको प्रवेशद्वारमा भएको आक्रमणमा दुई जना सञ्चारकर्मी र दुई जना धावकको मृत्युको पुष्टि भएको छ । अफगानिस्तान सञ्चारकर्मी केन्द्रका अनुसार दुई जना सञ्चारकर्मीको मृत्यु भएकोमा एक जना टेलिभिजनमा कार्यरत एक पत्रकार महिला हुनुहुन्छ ।
राहा समाचार संस्थाका लागि काम गर्नुहुने रेजा अहमदी र जहान ए सिहात टेलिभिजन च्यानलका लागि बिगत्मा काम गर्नुभएको नज्मा सदेकीको मृत्यु भएको सिन्हवाले उल्लेख गरेको छ । अफगानिस्तानको तेक्वान्दोका राष्ट्रिय खेलाडी मोहम्मद जान सुल्तानी र उसुका इद्रीसको मृत्यु भएको जनाइएको छ ।
उक्त विष्फोटमा १३ जना अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको थियो ।