अफगानिस्तानमा भूकम्प, अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार
रासस / एएनआई
भाद्र १२, २०७८ शनिबार
तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ । शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४।५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् ।