संयुक्त राष्ट्रसंघद्वारा रुस–युक्रेन वार्ताको स्वागत
रासस / एएनआई
फाल्गुन २१, २०७८ शनिबार
संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ ।
‘हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं,’ राजनीतिक मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा उल्लेख गर्नुभएको छ।