काठमाडौं, फागुन २० गते । रुसले युक्रेनमा आक्रमण योजना अनुरुप गरिरहेकाे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।
उहाँले हिजाे बिहीबार भएकाे रूस–युक्रेनबीच भएकाे सहमति कार्यान्वयन गर्न मस्काे तयार रहेकाे रसियाको सुरक्षा परिषद्को बैठकमा धारणा राख्नुभएकाे टेलिभिजनमा प्रसारण गरिएकाे अलजजिराले जनाएकाे छ ।
उहाँले दुवै पक्ष भएकाे सहमतिअनुसार युक्रेनमा फसेका गैरसैनिक व्यक्ति सुरक्षित रूपमा सुरक्षित स्थानमा जान दुवै पक्षले मानवीय करिडाेर (बाटाे) पहिल्याउनेछन् ।
–रूसले कब्जा गरेकाे युक्रेनी भूभागहरू राताे रंगमा
यसअघि फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्राेनसँग ९० मिनेटकाे फाेनवार्तामा युक्रेनमा गरिएकाे हमला कुनै पनि हालतमा नराेकिने पुटिनले बताउनुभएकाे थियाे ।
राष्ट्रपति पुटिनले राष्ट्रपति म्याक्राेनसँग युक्रेन पूर्णरूपमा कब्जा गरेर नाजीवादी धारणा समाप्त गर्ने उद्घाेष गर्नुभएकाे थियाे ।
रुसले नाै दिनदेखि राजधानी युक्रेन र अन्य सहरहरुमा रुसी सेनाले हमला जारी राखेको बताइएको छ ।