राजधानी किभ, खार्किभ, मारिपोल, सुमीलगायतका शहरमा युद्धविराम
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
रुसले विभिन्न युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि युद्धविराम गरेको छ । सोमबार रुसले विभिन्न युक्रेनी शहरमा फसेका गैरसैनिक व्यक्तिहरुलाई शहर छोड्नको लागि नयाँ मानवीय कोरिडर खुल्ला गर्ने बताएको बीबीसीले जनाएको छ ।
युक्रेनको स्थानीय समय अनुसार विहान १० बजेदेखि युद्धविराम शुरु हुने रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।