भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम
रासस / सिन्ह्वा
माघ २४, २०७८ सोमबार
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो ।