logo
२०८१ जेष्ठ ५ शनिवार



टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

अन्तर्राष्ट्रिय |


टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण


अंकारा, माघ २३ गते । टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभएको हो । उहाँले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिनुभएको छ । शनिबार ट्वीट गरेर उहाँले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताउनुभएको हो ।

उहाँले आफू र आफ्नो परिवार सङ्क्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताउनुभएको छ । त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।

यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड सङ्क्रमण झण्डै दोब्बर भएको बताइएको छ । यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?