logo
२०८१ जेष्ठ ५ शनिवार



अफगानिस्तानको सीमाक्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको सीमाक्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या


अफगानिस्तान, माघ २४ गते । पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमाक्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।

अफगानिस्तानतर्फबाट आतङ्ककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।

पाकिस्तानले आतङ्कवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ । साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो सङ्ख्यामा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?