logo
२०८१ जेष्ठ ५ शनिवार



रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित


मस्को, माघ २४ गते । रुसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका हुन् ।

ती सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ ।

त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६१ जना सङ्क्रमितको निधन भएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको  बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?