अरुणबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत्
गोरखापत्र अनलाइन ,
आश्विन १५, २०७६ बुधबार
विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो ।