प्याज गोदाममा छापा, भाउ वृद्धि हुँदा उपभोक्ता मारमा
गोरखापत्र अनलाइन ,
आश्विन १३, २०७६ सोमबार
नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।