वन अतिक्रमण रोक्ने नयाँ उपाय: दाङमा नौ हजार पाँच सय बाँसका बिरुवा रोपियो (फोटो फिचर)
गोरखापत्र अनलाइन
श्रावण २४, २०७८ आईतवार
अतिक्रमण बढ्न थालेपछि दाङका वन क्षेत्रमा वृक्षरोपन गरिएको छ । जिल्लाका बबई गाउँपालिका, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वन क्षेत्रमा बाँसको बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
वन क्षेत्रमा अतिक्रमण बढ्दै जान थालेपछि छिटो हुर्कने गुण भएको बाँसको बिरुवा रोपिएको भन्दै कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बस्तीसँग नजिक रहेका १९ किलोमिटर वन क्षेत्रमा बाँसका बिरुवा रोपिएको...