logo
२०८१ असोज ४ शुक्रवार

वन अतिक्रमण रोक्ने नयाँ उपाय: दाङमा नौ हजार पाँच सय बाँसका बिरुवा रोपियो (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-08-08-43915


टीकाबहादुर बस्नेत
दाङ, साउन २४ गते । अतिक्रमण बढ्न थालेपछि दाङका वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । जिल्लाका बबई गाउँपालिका, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वन क्षेत्रमा बाँसको बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
वन क्षेत्रमा अतिक्रमण बढ्दै जान थालेपछि छिटो हुर्कने गुण भएको बाँसको बिरुवा रोपिएको भन्दै कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बस्तीसँग नजिक रहेका १९ किलोमिटर वन क्षेत्रमा बाँसका बिरुवा रोपिएको जानकारी दिनुभयो । ‘यस वर्षदेखि वन अतिक्रमण रोक्ने नयाँ प्रयास थालेका छौं । बढी अतिक्रमण भइरहेका जिल्लाका बबई गाउँपालिका, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वन क्षेत्रमा बाँसका बिरुवा रोपेका छौं’, सूचना अधिकारी केसीले भन्नुभयो, ‘बाँस चाँडै हुर्कने हुँदा अतिक्रमित क्षेत्रमा प्रतिकिलोमिटर ५ सयका दरले ९ हजार ५ सय वटा बाँसका बिरुवा रोपेका छौं । कार्यालयको यो प्रयासले सार्थकता पाउनेमा आशावादी छौं ।’
वन र बस्ती बीचको स्थायी सीमाको काम गर्ने र बाँस बहुउपयोगी भएकाले किसानहरुले त्यसमार्फत् आयआर्जन गर्नसक्ने हुँदा वन अतिक्रमण रोकिने विश्वास कार्यालयको रहेको भन्दै सूचना अधिकारी केसीले भन्नुभयो, ‘वन क्षेत्रको वरिपरिका बस्तीले वर्षेनी आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य भइरहेको छ । वन क्षेत्र बचाउने चुनौती सबैमा थपिदै गएको सन्दर्भमा गर्ने हुँदा बाँस रोपण कार्यलाई प्रभावकारी रुपमा अघि बढाएका छौं । आगामी वर्ष पनि यो कार्यलाई निरन्तरता दिन्छौं ।’
वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द कम गर्ने पनि कार्यालयको लक्ष्य रहेको केसीको भनाइ छ । ‘वस्ती नजिकको वन क्षेत्र वर्षेनी अतिक्रमण हुने, वन्यजन्तु मानव वस्तीमा आएर मानवीय र धनजनको क्षति पु¥याउने र वस्तीमा स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसको न्यूनीकरणका लागि बाँस रोपेका छौं’, केसीले भन्नुभयो ।
लुम्विनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत दाङको उच्च जोखिम क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाका ६ वटा, बबई गाउँपालिका ३ वटा, तुलसीपुर उपमहानगरपालिकाका २ र दंगीशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको केसीले जानकारी दिनुभयो । ‘बाँस रोपनका लागि खरिद, संकलन र ढुवानी खर्च वाफत प्रति राइजोम (बासको गाना) वाफत् २ सय रुपैया कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ’, सूचना अधिकारी केसीले भन्नुभयो ।