वर्षेनी बढ्दो प्राकृतिक विपत्तिः विपद् बाट कुन वर्ष, कति क्षति ?
रासस
श्रावण १७, २०७८ आईतवार
पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए ।
बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्काे जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले...