५० लाखको लगानीमा कालिज पालन, दशैंमा हजार कालिज विक्री गर्ने लक्ष्य
गोरखापत्र अनलाइन
श्रावण १०, २०७८ आईतवार
खजुरा गाउँपालिका वडा न. ४ का दिपक पौडेलले ५० लाखको लगानीमा कालिज पालन शुरु गर्नुभएको छ । गत चैतमा खजुरा कृषि फार्म दर्ता गरी उहाँ व्यवसायिक कालिज चरा पालनमा लाग्नु भएको हो ।
उहाँले अस्ट्रेलियाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरींग गरी चल्ला निकाल्नु भएको हो । अहिले उहाँको फार्ममा एक हजार बढी कालिजका चल्लाहरु छन् ।
दसैंसम्म हजार बढी कालिज विक्रि गर्ने लक्ष्यसहित चल्ला हुर्काउन अहिले व्यस्त रहेको पौडेलले बताउनुभयो...