पहिरोको बीचमा जीप फस्याे, निकाल्ने प्रयास जारी
गोरखापत्र अनलाइन
असार १, २०७८ मंगलवार
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र बेनी–जोमसोम सडक खण्ड अबिरल वर्षाका कारणठाउँठाउँमा गएको पहिरोले अवरुद्ध भएको छ ।
पछिल्लो तीन दिनदेखिको वर्षाले बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३, रुप्से, अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर र नागढुङ्गामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार सडकभन्दा माथिबाट पहिरो आई सडक पुर्णरूपमा अवरूद्ध भएको र ढुङ्गा माटो...