गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुग्यो
गोरखापत्र अनलाइन
जेष्ठ १८, २०७७ आईतवार
गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड -१९ सङ्क्रमितकाे सङ्ख्या २४ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार आइतबारसम्म गण्डकी प्रदेशका ६ जिल्लाका २४ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्य बागलुङमा ८ जना, स्याङ्जामा ७ जना, नवलपरासीमा ६ जना, तनहुँमा १, म्याग्दीमा १ र लमजुङमा १ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित...