खुल्न थाले, काठमाडौँका मुख्य बजार (फोटो फिचर)
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७७ बिहीबार
लकडाउनका कारण बन्द रहेकाे राजधानीको मुख्य बजार महाबौद्ध, न्यूरोड तथा असनका पसलहरू खुल्न थालेका छन् ।
बिहीबार बिहानैदेखि काठमाडौँकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको न्युरोड, महाबौद्ध, ठमेल र असनको बजार सञ्चालनमा आएका हुन् ।
लामो समयपछि पसल खुल्न थालेसँगै यहाँ चलहपहलसमेत बढ्न थालेको छ । सडकमा मानिसको चहलपहल बाक्लो देखिन थालेको छ । सडकमा सवारी साधनको अावागमन पनि बाक्लो देखिएको छ ।