उपत्यकाको सबै नाका सिल गर्न गृहको परिपत्र
गोरखापत्र अनलाइन
जेष्ठ ८, २०७७ बिहीबार
काठमाडौँ उपत्यकाका सबै नाका सिल गर्न गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहबाट काठमाडौं उपत्यका प्रवेशको आवागमनको स्रोत नै रोक्ने निर्णय गरेको हो ।
जेठ १ गते गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, लतिलपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,...