राष्ट्रिय सम्मेलनका प्रतिनिधि टुंग्यायो, भोलि पुनः बैठक बस्ने
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पुष ११ देखि १३ गतेसम्म हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ । माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको बताउनुभयो । जसमा आयोजक, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकारहरु सबै रहनुहुने जनाइएको छ ।