logo
२०८१ मंसिर १० सोमवार



जुर्मुराउन खाेज्दै नेपाली रङ्गमञ्च

मनोरञ्जन |
पढ्नै पर्ने |


जुर्मुराउन खाेज्दै नेपाली रङ्गमञ्च


काठमाडौं, पुस १० गते । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्व नै प्रभावित भएको छ । यसले मानिसको दैनिक जीवन मात्र नभएर सोच र जीवन शैलीमा परिवर्तन ल्यायो । कोरोनाको असर पर्यटन, व्यापार व्यासायदेखि कला क्षेत्रमा पनि व्यापक रुपमा पर्यो । कोरोनाले नेपाली रङ्गमञ्लाई पनि नराम्रोसँग गाँजेको छ । खोपको विकाससँग मानिसले यसबाट केही मुक्ति पाउने प्रयास गर्दैछन् । जनजीवन चलायमान बन्न थालेको छ । यससँगै नेपाली नाट्यजगत पनि फेरि जुरमुराउने तयारी गर्दैछ । के गर्दैछन् त नेपाली नाटकघरहरु ?
कौसि नाटकघर
कोरोनाले थला पारेको नाटकघर अहिले विस्तारै सञ्चालन हुँदैछन् । पहिलेको तुलनामा कला क्षेत्रको अवस्था राम्रो छैन । पहिलेको अवस्थासम्म पुग्न अझै केही वर्ष लाग्ने कौसी नाटकघरका निर्देशक आकांक्षा कार्कीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, कोरोनाले कला क्षेत्रलाई पूर्णरुपमा बन्द गरायो । कला क्षेत्रलाई घाटा लाग्यो । त्यसैले अहिले फेरि आफूलाई पुनस्स्थापना गर्ने समय दिनुपरेको छ ।
कारोनापछि कौसिमा तीन वटा नाटक मन्चन भए । कोरोनापछि हरेक बबाल नामको नाटक मन्चन गर्दा जोखिम नलिन डरले कम लगानीमा मन्चन गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नाटककर्मी भएर मात्र जीवन चलाउन सम्भव छैन । यो काम बाहेक अरु क्षेत्रलाई पनि आम्दानीको स्रोतको  रुपमा राख्नुपर्छ, उहाँले भन्नुभयो । यही कामलाई मात्र समय दिने धेरै कम कलाकार हुनुहुन्छ ।

बज्रकला कुञ्ज
बज्रकला कुञ्चले २४ वर्षदेखि नाटक गर्दै आएको छ । पाञ्चाली भैरवको मन्चनपछि अर्को वर्ष व्यापक रुपमा अर्को नाटक लिएर आउने तयारी गरिरहेको बज्रकला कुञ्जका कलाकर्मी सुदनमान मुनिकारले बताउनुभयो ।
ब्रजकला कुञ्जले वर्षमा एउटा नाटक मञ्चन गर्छ । जुन नेपालको कला, संस्कृति झल्काउने खालको हुन्छ । तर कारोनाले तयारीमा रहेका नाटकसमेत मन्चन हुन दिएन, मनिकारले भन्नुभयो ।
उहाँ भन्नुहुन्छ, कोरोनाअघि कलाक्षेत्र धेरै राम्रो थियो । आम्दानी चित्त बुझ्ने थियो । तर यो दुई वर्षमा कलाक्षेत्र तहसनहस भयो । कला क्षेत्रमा भीडभाडको आवश्यक छ । तर दर्शक नआएपछि नाटक कसले हेर्ने । नाटक के बनाउने, उहाँले भन्नुभयो ।
कारोनाले कलाक्षेत्रका सबैलाई सिर्जना गर्ने समय त दियो तर प्रस्तुत गर्ने माध्यम थिएन । मुनिकारका अनुसार महामारीका सकारात्मक विषय भन्नुपर्दा लकडाउनले नाटकलाई अझै सुधार्ने समय दियो । पाञ्चाली भैरव कोरोनाअघि मन्चन हुने तयारीमा थियो तर हुनसकेन । बन्दमा यसलाई पोलिस गर्ने समय पाए ।
लकडाउनअघि धेरै कलाकार नाट्य क्षेत्रबाट आफ्नो जीवनयापन गर्थे, उहाँले भन्नुभयो । तर कोरोनाले नाटकघर लगायत नाटककर्मीलाई शून्यमा झारिदियो । उहाँका अनुसार नाटक मात्र गरेर अहिले खान लगाउन पुग्दैन । कला क्षेत्रबाट मात्र कमाउने हो भने, नाटक मात्र हैन विभिन्न भिडियो तथा अन्य कलाकारिता गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, नाटकघर अहिले लयमा फर्किदैछ । तर फेरि नयाँ भाइरसले दुई वर्ष अगाडि लाग्ने होकी त्रास छ, उहाँले भन्नुभयो ।

शिल्पी नाटकघर

१५ वर्षदेखि चल्दै आएको  नाटक शिल्पी घर महामारीपछि लयमा फर्किन सकेको छैन । काम रोकिए, रंगमञ्च चलाएर आत्मनिर्भर भएकाहरुका लागि निकै गाह््रो समय थियो । साधारण जीवनमा यसले खैलाबैला मच्चायो, समग्र कलाको आर्थिक अवस्थालाई नाजुक बनायो, शिल्पी नाटकघरका निर्देशक घिमिरे युवराजले भन्नुभयो ।
उहाँका अनुसार नाटकघर पुरानो लयमा फर्किन समय लाग्छ । सबै नाटकघर र नाटककारले पहिले जस्तो उर्जासँगै काम गर्न सक्ने अवस्था नहुनसक्छ । उहाँ भन्नुहुन्छ, रंगमञ्चमा रमाएर मात्रै जीवनयापन गर्न सहज छैन । तर पनि नाटक कसरी चल्छ भन्ने विषयमा धेरै अनविज्ञ छन् ।
नाट्यकर्मी र नाटकघरको आयस्रोत भनेको वर्षमा २ वटा वर्कसप हुन्थ्यो, आफ्नो नाटक नियमित मन्चन हुने, तालिम चलाउने, अरुको नाटकको लागि हल भाडामा दिने ।
 शिल्पीले आफूले बनाएको नाटक वर्षमा तीन वटासम्म मन्चन गर्छ । कोरोनापछि चार वटा नाटक मन्चन भए । अरुको मैथली नाटक आउने तयारीमा छ ।
उहाँ भन्नुहुन्छ, कोरोना आफैमा नराम्रो छ यसले कला क्षेत्रमा के सकारात्मक असर पार्न सक्ला र ।
महामारीमा नयाँ प्रोडक्सन हुन सकेन, उहाँ भन्नुहुन्छ, अहिले अनुपस्थिती ३ नामको नाटक तयारीमा छ ।
मण्डला नाटकघर
मण्डला नाटकघरको स्टेजमा देखिने काम नभए पनि कार्यक्रमहरु भने भइरहेको छ । कोरोनापछि भने मण्डला नाटकघरले ‘जीजीबीसा’ नाम गरेको एक नाटक मन्चन गरेको छ ।
‘नाटकघर भन्नाले लाइभ पर्फर्मेन्स हो । नाटकघरलाई कारोनाले भेरै समय दर्शकबाट टाढा राख्यो, व्यवसायिक रुपमा जाँदै गरेको समयमा बन्द भयो । धेरै रंगकर्मीहरुले कलाक्षेत्र छाडे । किनकी बिना काम नाटकघरको भाडा र्तिन सजिलो थिएन, मण्डला नाटकघरका शिक्षक सोमनाथ खनालले बताउनुभयो ।
अहिले भने नयाँ केही गर्ने जोस र जाँगरका साथ अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कला क्षेत्रलाई उपयोग गर्ने हो भने जीवन धान्न नसकिने भन्ने हैन, नाटकको कलाकारिता मात्र गरेर नै बाँच्छु भन्ने त गाह्रै हुन्छ ।
यस्तै मण्डलाले मण्डला ड्रामा स्कुल खोल्नुभएको छ । जहाँ ड्रामा सिक्न सकिन्छ । त्यहाँबाट १६ जना विद्यार्थीले ड्रामा सिक्नुभएको छ । कोरानापछि यी १६ जना विद्यार्थीहरुको उत्पादन हो ’जीजीबीसा‘ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?