सङ्क्रमित बढ्दै गएपछि प्रदेश ५ मा अन्य अस्पताल खाली गरिँदै
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७७ बिहीबार
दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै गएपछि प्रदेश ५ मा उपचार र व्यवस्थापनका वैकल्पिक उपायको खोजी हुन थालेको छ । भएका अस्पतालहरूको क्षमता विस्तार गर्ने, थप अस्पताल बनाउने र अन्य अस्पतालहरूलाई खाली गराउने जस्ता उपाय अपनाउन थालिएको छ ।
प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालका अनुसार बुटवलमा रहेको कोरोना बिशेष अस्पताललाई क्षमता बिस्तार गरेर दुई सय बेड बनाउने प्रकृया शुरु भएको छ । बांकेको कोरोना अस्पतालमा पनि...