मानिस किन हिँडेका छन् देखि, घर जान पाइएन भन्नेसम्म गुनासा
शान्ति लामा
बैशाख १८, २०७७ बिहीबार
लो सरकारको पैसा नलाग्ने फोन नं. ११११ को फोन कललाई १३ जना कर्मचारीको मोबाइलमा डाइभर्ट गरिएको छ, जहाँ फोन गरी देशको जुनसुकै निकायसम्बन्धी गुनासो दर्ता गर्न सकिन्छ ।
यसअघि दुई सिफ्टमा काम गर्ने कर्मचारीले आआफ्नै सिफ्टमा घरबाटै हेलो सरकारको गुनासो लिइरहेको हेलो सरकार शाखाका प्रमुख शेखर पौडेलले बताउनुभयो । उहाँका अनुसार हेलो सरकारमा टेलिफोनबाट मात्र दैनिक आठ सयदेखि नौ सयवटा गुनासा दर्ता हुने गरेका छन् ।