सहज मृत्युका लागि घर आए, राम्राे हेरचाहले नयाँ जीवन पाए
गोरखापत्र अनलाइन ,
बैशाख २१, २०७७ आईतवार
सूर्यकान्त सुरी नथवानी घरमै मृत्युको सामना गर्ने भनेर अस्पतालबाट फर्किनुभयो । ८१ वर्षीय सुरीले आफ्नो छोराको हात समातेर घरमै मृत्युको सामना गर्न दिन आग्रह गर्नुभयो । “मलाई वाचा गर, यदि मेरो मृत्यु हुन्छ, मलाई यहीं छोड, फेरि अस्पताल नपुर्याउ ।” – छोरा राज नथवानीले सिएनएनसँगको कुराकानीमा बुवाको आग्रह खुलाउनुभयो ।