‘कोभिड १९’– चीनबाट के सिक्ने ? प्रा. डा. राजिव झाको अनुभव
रासस
चैत्र २२, २०७६ शनिबार
शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ । उहाँले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय सरकारबाट ८ लाख आरएमबी (चिनियाँ पैसा) अनुदान पाउनुभएको रहेछ । एक करोड ३२ लाखभन्दा बढी रुपैयाँ हुने सो रकम प्राप्त गरेको खबर भर्खरै...